ताजा समाचार


रामेछापमा थप ६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४३ पुग्यो

 नेपाल बाहक    १९ भाद्र २०७७, शुक्रबार ०८:०९     381 जनाले पढ़िसके

रामेछाप । रामेछापका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थय कार्यलय रामेछापले शुक्रबार एक बिज्ञप्ति जारी गरी सो बिषयमा जानकारी दिउको हो । रामेछाप जिल्लाबाट स्बाव संकलन गरी धुलिखेल अस्पताल पठाइएका मध्ये ६ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । शुक्रबार तामाकोसि अस्पतालका एक स्वास्थ्य कर्मि र जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
शुक्रबार संक्रमण भएका संगै रामेछापका ४३ जनामा कोरोना संक्रमण भएको छ । रामेछाप स्थायि घर भइ बिभिन्न स्थानमा बस्दै आएका ३६ जनामा कोरोना संक्रमण भएको छ ।