ताजा समाचार


भारतका ४० लाख भन्दा धेरै नागरीक कोरोना संक्रमित

 नेपाल बाहक    २० भाद्र २०७७, शनिबार ०५:५६     439 जनाले पढ़िसके


काठमाण्डौ । भारतका ४० लाख भन्दा धेरै नागरीकमा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतिय मिडियाका अनुसार भारतमा ४० लाख २० हजारमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरस सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय सङक्रमित रहेका छन् ।
एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म चार करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।