रामेछाप । रामेछापमा शनिबार थप ३३ जनाको स्वाब संकलन गरिएको छ । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाका ३३ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको हो । शनिबार संकलन गरिएको स्वाब सहित रामेछापमा १२ सय ४४ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ ।
स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा हाल सम्म गरिएको परिक्षणमा ४३ जनाको रिर्पोट पोजेटिभ आएको छ भने ११ सय ६४ जनाको नेकेटिभ आएको छ । आज संकलन गरिएको ३३ जना सहित रामेछापमा ३७ जनाको रिर्पोट आउन बाकिँ रहेको स्वास्थय कार्यलय रामेछापले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षण भुवन थापाका अनुसार हालसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसि अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १ सय ५१ जना, उमाकुण्ड गाउँपालिकामा ९८ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना पीसीआर विधिबाट कोरोना परीक्षणका हो ।