ताजा समाचार


काठमान्डौँ बस्दै आएका रामेछापका थप ५ जनामा कोरोना संक्रमण

 नेपाल बाहक    २० भाद्र २०७७, शनिबार १०:५८     454 जनाले पढ़िसके

रामेछाप । रामेछापका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबार रामेछापका एक महिला र ४ पुरुष गरी ५ जनामा संक्रमणको पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाका अनुसार मन्थली नगरपालिका १ को एक महिला र अन्य ४ पुरुषमा कोरोना संक्रमण भएको हो । उनिहरुको काठमान्डौँ मै स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरेका ४३ जना र जिल्ला बाहिर स्वाब संकलन गरीएका ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।