ताजा समाचार


राष्ट्रिय दलित पत्रकार संघ रामेछाप द्धरा प्रेस ज्याकेट बितरण

 नेपाल बाहक    २१ भाद्र २०७७, आईतवार ०७:५५     449 जनाले पढ़िसके

रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला साखा रामेछापलले रामेछापका २० जना पत्रकारलाइ प्रेस ज्याकेट बितरण गरेको छ । आइतबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी रामेछापमा क्रियाशिल २० जना पत्रकारलाई प्रेस ज्याकेट बितरण गरिएको हो ।
राष्ट्रिय दलित पत्रकार संघ रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमितिका सदस्यहरु, बागमती प्रदेश सदस्यसहित अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको स्थानीय तथा समाजसेवी कल्याणरत्न कार्कीको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित तथा गैरदलित पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरेको बन्दाबन्दी, निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज् होस् भन्ने उदेश्यको लागि प्रेस ज्याकेट् उपलब्ध गरिएको छ । त्यस्तै एन्नाईन्टिफाईब् मास्क, स्यानिटाइजर् र सर्जिकल मास्क पनि उपलब्ध गरिएको छ ।