ताजा समाचार

बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गदैँ मन्थली नगरपालिका

 नेपाल बाहक    २२ भाद्र २०७७, सोमबार १२:३०     350 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरणको लागि सोमबार मन्थली नगरपालिकाले बैकं तथा बित्ति संस्थाहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय अनुसार रामेछापको मन्थली नगरपालिकाले पनि आफ्नो नगरभित्र रहेका बैक तथा बित्तिय संस्था संग समन्वय गरि बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेको हो ।
यसै आर्थिक बर्षबाट मन्थली नगरपालिकाले बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बताउनु भयो । अहिले मन्थली नगरपालिका भित्र ५ हजार ६ सय ६५ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका छन् ।