ताजा समाचार


रामेछापका थप ६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४९ पुग्यो

 नेपाल बाहक    २३ भाद्र २०७७, मंगलवार ०८:०५     339 जनाले पढ़िसके

रामेछाप । रामेछापको लिखुतामाकोसि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का सहित थप ६ जनामा कोरोना संक्रमण भएको छ । मंगलबार रामेछापमा एक महिला र ५ जना पुरुषमा कोरोना संक्रमण भएको स्वस्थ्य कार्यलय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका जन स्वास्थ्य निरिक्षक भुबन थापाका अनुसार मंगलबार ३० बर्षिय महिला र ३७,४३,३८,४१ र ३३ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमितकोहरुको स्वाव भदौँ २१ गते संकलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

संक्रमीत गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का शरिर बन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गराएको अभियोगमा प्रहरी हिरासतमा रहेका छन् । अध्यक्ष खड्का संगै प्रहरी हिरासतमा रहेका अर्का एक जनालाई पनी कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत दुई जना प्रहरी र दुई जना स्थानिय पनि कोरोना संक्रमण भएको हो ।

यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ४९ जना पुगेको छ । त्यस्तै रामेछाप स्थायि घरभई जिल्ला बाहिर बस्ने ११ जना महिला र ३९ जना पुरुष गरी ५० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।