ताजा समाचार


काठमान्डौँ बस्ने रामेछापका थप दुई जनामा कोरोना संक्रमण

 नेपाल बाहक    २३ भाद्र २०७७, मंगलवार ११:३३     346 जनाले पढ़िसके

रामेछाप । मंगलबार मात्र रामेछापका ८ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला भित्र स्वाब संकलन गरेका ६ जना र काठमान्डाँैमा स्वाब संकलन गरेका २ जना गरी एकै दिन कारामेछापका ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्बास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
रामेछापको लिखुतामाकोसि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का सहित ८ जनामा कोरोना संक्रमण भएको हो । मंगलबार एक ३० बर्षिय महिला र ७ जना पुरुषमा कोरोना भाइसरको संक्रमण भएको हो ।
रामेछाप स्थायि घर भई काठमान्डौँ बस्दै आएका २ जना पुरुषमा समेत कोरोना भएको छ । मन्थली नगरपालिकाका १३ का ३७ बर्षका पुरुष र लिखुतामाकोसि गाउँपालिका २ का ३३ बषिया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वस्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाले बताउनु भयो । यो संगै रामेछापमा जिल्लामा स्वाब संकलन गरेका ४९ र जिल्ला बाहिर स्वाब संकलन गरेका ५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।