ताजा समाचार


अध्यक्ष खड्कालाई प्रहरी हिरासतमै आइसोलेसनमा राख्न अदालतको आदेश

 नेपाल बाहक    २३ भाद्र २०७७, मंगलवार १३:०२     325 जनाले पढ़िसके

रामेछाप । प्रहरी हिरासतमै कोरोना भाइरसको संक्रमण पुष्टि भएका लिखुतामाकोसि गाउँपालिकाका अध्यक्ष गोबिन्द खड्कालाई हिरासतको आइसोलेसनमा राख्न जिल्ला अदालत रामेछापले आदेश दिएको छ । मंगलबार अध्यक्ष खड्का सहित रामेछापका एक महिला र ७ जना पुरुषमा कोरोना संक्रमण भएको थियो ।
अध्यक्ष खड्कालाई शरिर बन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गराएको अभियोगमा साउन ३० गते प्रहरी हिरासतामा राखएकोे छ । अध्यक्ष खड्कालाई पछी गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई जर्वरजस्ती गरेको आरोप लागेको छ । उनलाई थप १५ दिन हिरासतकै आइसोलेशनमा राख्न जिल्ला अदालत रामेछापले आदेश दिएको छ । हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई कोरोना संक्रमण पुष्टि भएपछि थप १५ दिन हिरासतभित्रको आइसोलेसनमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।