ताजा समाचार


बुधवार मन्थली नगरपालिकाका थप २७ जनाको स्वाब संकलन

 नेपाल बाहक    २४ भाद्र २०७७, बुधबार ०८:११     396 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बुधबार थप २७ जनाको स्वाब गरिएको छ ।बुधवार मन्थली नगरपालिका २७ जनाको स्वाब संकलन गरिएको स्बस्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरि जनाकारी दिएको छ । संकलन गरीएको स्वाब कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाईको छ । यो संगै मन्थली नगरपालिकामा ४ सय ३ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको छ ।
त्यस्तै रामेछाप जिल्लामा बुधवार सम्म १३ सय २९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । बिभिन्न कोरोना प्रभाबित स्थान बाट रामेछाप आएका र जिल्लामै फ्रन्टलाइनमा बसेर काम गर्ने २३ सउ २९ जनाको स्वाब संकलन गरि पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको हो । हाल सम्म गरिएको परिक्षणमा ११ सय ८४ जनाको रिर्पोट नेकेटिभ आएको छ । भने ४९ जनाको पोजेटिभ आएको छ । आज संकलन गरिएको २७ जना सहित रामेछापमा ९६ जनाको रिर्पोट आउन बाकिँ रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार हालसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसि अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ३ जना, रामेछाप नगरपालिकामा १ सय ५१ जना, उमाकुण्ड गाउँपालिकामा एक सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना पीसीआर विधिबाट कोरोना परीक्षणका हो ।