ताजा समाचार


निषेधाज्ञा खुकुलो बनाइने

 नेपाल बाहक    २४ भाद्र २०७७, बुधबार १३:०५     259 जनाले पढ़िसके

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ ।

उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

त्यस्तै उपत्यकामा सवारीसाधन सञ्चालनमा जोर–बिजोर लागु हुने जनाइएको छ । यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ ।

उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने एक अधिकारीले जानकारी दिए ।