काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडा सामाजिक सुरक्षा भत्ता लिदै आएको खुलेको छ । मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५र०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६र०७७ को पहिलो चौमासिक अव’धिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छा’नबिन समिति बनाउने तयारी गरिएको बताए।
वडा नं.३ बाट उनीहरु वडा नं. १ मा बसाईं सरेर गएका हुन्। तर, वडा नम्बर ७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ।
तीन ठाउँबाट भक्ता लिइएको उजुरी अ’ख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साउन २७ गते पठा’इएको थियो। उक्त उजुरीबारे छा’नबिन अघि बढेको छ । उक्त उजु’री अख्तियारमा दर्ता नम्बर सी–४५२१ मा द’र्ता भएको छ।
मनहरीका सचेत युवाको नाममा दिइएको उ’जुरीमा छा’नबिन गर्न माग गरिएको छ । युवाले उक्त कार्यमा खटिएका जनप्रतिनिधि र कर्मचारी सबैलाई का’नुनी दायरमा ल्याएर जनतालाई सुशासनको अनुभूति दिलाउन माग गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले गाउँपालिकाका तर्फबाट गल्ती भएको र उक्त गल्ती सच्याइएको बताए। उनले यसअघि लिइएको रकम फिर्ता ल्याइसकिएको दाबी गरे।
गाउँपालिकाले बढी भुक्तानी भएको जानकारी गराएपछि बढी भुक्ता’नी भएको १६ हजार रुपियाँ पालिकाकै खातामा जम्मा गरिएको वडा कार्यालयले जनाएको छ।
तीन वटै वडाबाट एउटै व्यक्तिको खातामा दोस्रो पटक सामाजिक सुरक्षाभत्ता भु’क्तानी भएको पाइएपछि बैंकले पालिकालाई खबर गरेको थियो। वडाध्यक्ष खनाल नेपाली कांग्रेसबाट बिजयी भएका हुन्।