ताजा समाचार


कम्तिमा ५ शैयाको अस्पताल बनाउन सबै स्थानिय तह लाई मन्त्रालयको निर्देशन

 नेपाल बाहक    २४ भाद्र २०७७, बुधबार १३:४२     368 जनाले पढ़िसके

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सबै स्थानियतहलाई कम्तिमा ५ शैयाको अस्पताल बनाउन निर्देशन दिएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सहज होस भनेर ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको हो ।

कोभिड(१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच श्ययाका दरले ती स्थानीय तहमा ३ हजार २४५ शैयाका अस्पताल बन्नेछन् ।