रामेछाप । रामेछापमा जारी निषेधाज्ञा खुकुलो पर्ने निर्णय भएको छ । निषेधाज्ञाको कारण नागरीकको जिबन कष्टकर भएको भन्दै नागरीकको जनजिबनमा सरलिकरण गर्न रामेछापमा जारी निषेधाज्ञा खुकुलो पार्ने निर्णय भएको हो । रामेछापकि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय संकट ब्यबस्थापन समितिकि संयोजक रुन्द्र देबि शार्माको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो । पछिल्लो समयमा रामेछापमा कोरोना संक्रमितको संख्या बढ्दै गए पछि भदौँ २५ गते रातको १२ बजे सम्मको लागि निषेधाज्ञा जारी भएको थियो ।
जिल्ला प्रशासन कार्यलय रामेछापमा बिहिबार बसेको बैठकले औषधी पसल र स्वास्थ्य सामग्री विक्री गर्ने पसलहरु नियमित सञ्चालन गर्र्न दिने निणर्य गरेको छ । स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य बस्तु, दुध, तरकारी, फलफूल, माछामास’, स्टेशनरी, इलोक्ट्रोनिक अन्य पसलहरु दिउँसो ४ बजे सम्म मात्र सञ्चालन गर्ने तथा अत्यावश्यक सेवा र मालवाहक सवारी साधन बाहेकका जिल्ला भित्र मात्र यात्रु वाहक सवारी साधन सञ्चालन गर्ने दिने निणर्य गरेको छ । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको ५० प्रतिशल यात्रु राखेर र सुरक्षाका मापदण्ड पुरा गरेका सर्बजनिक यातयात सन्चालन गर्ने दिने निर्णय भएको छ ।
मिति 2077 भाद्र 25 गते विहिबारका दिन प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड-19 संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकबाट यस जिल्लामा मिति 2077/05/04 देखि लगाईएको निषेधाज्ञा 2077/05/25 गते राती 12:00 देखि समाप्त हुने हुँदा नागरिकको जनजीवनलाई सरलीकरण गर्न आवश्यक भएकोले 2077/05/25 गते देखि राती 12:00 बजे देखि स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी अर्को निर्णय नभएसम्म निम्नानुसारको व्यवस्था गरी विभिन्न सेवा तथा कार्यहरु सञ्चालन गर्न दिने निर्णय गरियो ।
1.1. अत्यावश्यक सेवा अन्तर्गतका औषधी पसल र स्वास्थ्य सामग्री विक्री गर्ने पसलहरु नियमित सञ्चालन गर्ने।
1.2. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य बस्तु, दुध, तरकारी, फलफूल, माछामासु, स्टेशनरी, इलोक्ट्रोनिक अन्य पसलहरु दिउँसो 4:00 बजे सम्म मात्र सञ्चालन गर्ने
1.3. स्वास्थ्यको मापदण्ड पालना गरी टक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा सञ्चालन गर्ने ।
1.4. अत्यावश्यक सेवा र मालवाहक सवारी साधन बाहेकका जिल्ला भित्र सञ्चालन हुने पालिका देखि सदरमुकामसम्म मात्र यात्रु वहाक सवारी साधन सञ्चालन गर्ने । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको 50% भन्दा बढी नहुने गरी यात्रु राख्ने यात्रु बिच भौतिक दूरी कायम गराउने, चालक र सह-चालकले अनिवार्य मास्कको प्रयोग गर्ने, ढोकामा स्यानीटाइजरको व्यवस्था गर्ने र दैनिक रुपमा साधनलाई निसंक्रमित गर्नु पर्नेछ । सवारी साधन विहान 5:00 बजे देखि साँझ 6 बजे सम्म मात्र सञ्चालन गर्ने, जिल्ला भित्र रहेका साधनलाई मात्र सञ्चालन गर्ने ।
1.5. जनसम्पर्क बढी हुने कार्यालयले सकेसम्म Online, E-service, Token System र तोकिएको सेवाग्राहीको संख्याका आधारमा सेवाग्राहीको भिड नहुने गरी सेवा सञ्चालन गर्ने ।
1.6. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी/गराई उद्योग व्यवसाय सञ्चालन गर्न ।
1.7. बैक वित्तीय संस्था/सहकारी कार्यालयहरुले नेपाल राष्ट्र बैंकले तोकेको वा न्यूनतम कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउने ।
1.8. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुरुप Online कक्षा सञ्चालन गर्ने ।
2.1. हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।
2.2. शैक्षिक संस्थाहरु तथा कक्षा सञ्चालन गर्न ।
2.3. कुनै पनि प्रकारको मेला, महोत्सव, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुङ्न, पार्लर, होटल, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।
2.4. अत्यावश्यक सेवा बाहेकका बैठक, तालिम सञ्चालन गर्न ।
2.5. दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न ।
2.6. यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका 7:00 बजे देखि विहान 5:00 बजे सम्म पैदल आवात जावत गर्न ।
2.7. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।
2.8. मापदण्ड विपरीत आयोजनामा कामगर्ने कामदार ओसार पसार गर्न ।