काठमाडौं । लामो समयको प्रयास पछि अफगान सरकार तालिवानी लडाकू समुह बिच बर्ता हुने भएको छ । बिद्रोहि तालिवानी समुह र अफगान सरकार बिच आउदोँ शनिबार कतारको दोहामा बर्ता हुन लागेको हो । बर्ताको लागि तालिवानी लडाकूका ६ जना कैदी रिहा गरिएको समचारमा उल्लेख गरीएको छ ।
विभिन्न अफगान दलहरुबीचको यो महत्वपूर्ण र प्रत्यक्ष वार्ताले अफगानिस्तानमा स्थायी शान्ति कायम गर्न महत्वपूर्ण कोसेढुंगा हुने विस्वास लिइएको विदेशमन्त्रालयले जनाएको छ ।तालिवानी समूहले पनि उक्त वार्ता प्रक्रिया अघि बढ्न लागेको पुष्टि गर्दै इस्लामिक मूल्य र राष्ट्रिय हितका विभिन्न पक्षमा समान रुपमा छलफल हुने विश्वास लिएको जनाएको छ ।