रामेछाप । जिल्ला प्रहरी कार्यलय रामेछापका कार्यरत ५ प्रहरी सहित ६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाका अनुसार मन्थली नगरपालिका १ कि एक महिला र जिल्ला प्रहरी कार्यलय रामेछापमा कार्यरत ५ जना पुरुष प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जनस्वास्थ्य निरिक्षक थापाका अनुसार मन्थली १ कि ८६ बर्ष कि महिला र जिल्ला प्रहरी कार्यलयका २७,४७,३८,३४ र २७ बर्षका पुरुष प्रहरीका कोरोना संक्रमण भएको छ ।
संक्रमितकोहरुको स्वाव भदौँ २३गते संकलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।
यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ५५ जना पुगेको छ । त्यस्तै रामेछाप स्थायि घरभई जिल्ला बाहिर बस्ने १२ जना महिला र ४५ जना पुरुष गरी ५७ जनामा कोरोना संक्रमण भएको थापाले जनाकारी दिनु भयो ।