ताजा समाचार


काठमान्डौँ बस्ने रामेछापका एक महिला र दुई पुरुषमा कोरोना संक्रमण

 नेपाल बाहक    २८ भाद्र २०७७, आईतवार १२:०४     298 जनाले पढ़िसके

रामेछाप । रामेछापका थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबना थापाका अनुसार रामेछाप स्थायि घरभइ हाल रामेछाप बस्दै आएका एक महिला र दुई पुरुषमा कोरोना संक्रमण भएको हो ।
निरिक्षक थापाका अनुसार शनिबार सुनपाति गाउँपालिकाकी ३० बर्षिय महिलामा कोरोना पुष्टि भएको थियो । त्यस्तै आइतबार खाडादेबि गाउँपालिकाका ५३ बर्षका पुरुष र दोरम्बा गाउँपालिकाका २० बर्षका पुरुषमा पनि कोरोना भाइरसको संक्रमण भएको जनस्वास्थ्य निरिक्षक थापाले जानकारी दिनु भयो । उनिहरुको स्वाब काठमान्डौँ मै संकलन गरि परिक्षण गरीएको हो ।