काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नागेको छ । पछिल्लो २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरस संक्रमित थपिए पछि कोरोना संक्रमितको संख्या ५५ हजार तीन सय २९ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जनाको कोरोनाको कारण ज्यान गएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् ।