काठमान्डाँै । असोज १ गतेबाट लामो तथा छोटो दुरीका सार्वजनिक गाडी सन्चालन गरिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो बिषयमा निर्णय गरेको हो ।
गाडी चलाउँदा सरकारले तोेकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
लामो दुरीका सार्वजनिक गाडी चलाउँदा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । यसो गर्दा सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाउने उहाँले बताउनुभयो ।