ताजा समाचार


घरघरमा दिप प्रज्वलन गरेर संबिधान दिबस मनाउन रामेछाप प्रशासनको अनुरोध

 नेपाल बाहक    ३१ भाद्र २०७७, बुधबार ०८:००     339 जनाले पढ़िसके


रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछापले घरघरमा दिप प्रज्वलन गरी संबिधान दिबस मनाउन अनुरोध गरेको छ । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रदेबि शर्माले बुधबार जारी गर्नु भएको सन्देशमा प्रदेश तथा स्थानिय तहका सम्पुर्ण सरकारी कार्यलयमा राष्ट्रिय झण्डा फराउने तथा असोज २,३ र ४ गते आमनागरीकलाई घरघरमा दिप प्रज्वलन गर्न अनुरोध गरिएको छ । त्यस्तै मन्दीर,बुद्ध बिहार, मस्जीद तथा चर्चमा नित्य पुजा गर्न र ज्ञातअज्ञत शहिदको चिरशान्तिको कामना गर्न अनुरोध गरिएको छ । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ असोज ३ गते जारी भएको थियो ।