ताजा समाचार


रामेछापमा प्रहरी र कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण

 नेपाल बाहक    १ आश्विन २०७७, बिहीबार १८:३४     429 जनाले पढ़िसके

रामेछाप । रामेछापमा प्रहरी र कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण बितरण गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ रामेछापले प्रहरी र रामेछाप जिल्लामा आइसोलेसन रहेका कोरोना मक्स तथा सेनिटाइज बितरण गरिएको हो ।
संघले जिल्ला प्रहरी कार्यलयमा ४० थान माक्स तथा सेनिटाइजर , ट्राफिक प्रहरी कार्यालय रामेछापलाई २० थान माक्स तथा सेनिटाइजर र आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई ३६ थान माक्स तथा सेनिटाइजर बितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ रामेछापका अध्यक्ष लेख बहादुर बिकले जनाकारी दिनु भयो ।
राष्ट्रिय दलित पत्रकार संघ रामेछापको आयोजना तथा सहयोग नेपालको आर्थिका सहयोगमा स्वास्थ्य सामाग्री बितरण गरिएको हो । महामारीको विषम परिस्थितमा पनि नागरिकको सुरक्षाका दृष्टिले अग्रपंक्तिमा खटिने प्रहरी र ट्राफिक प्रहरीलाई पनि केही हदसम्म कोरोनाबाट बच्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष विकले बताउनुभयो । साथै, कोरोना महामारीसँगको युद्धलाई परास्त गर्नका लागि लडिरहेका कोरोना संक्रमित व्यक्तिहरुप्रति समितिले स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको थियो । स्वास्थ्यलाभको कामनासम्बन्धी पत्र समितिका उपाध्यक्ष नबराज विश्वकर्माले पढेर सुनाएसँगै कोरानो संक्रमित १८ जनालाई उनीहरुको निगरानीमा खटिएका अधिकारीहरु मार्र्फत एक÷एक प्रति उनीहरुलाई प्रदान गरिएको थियो । भेटका क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक वसन्त पाठकले पनि पत्रकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उच्च मनोबलका साथ नागरिकको सुरक्षामा अहोरात्र खटिरहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । यसैबीच, ट्राफिक प्रहरी प्रमुख पाण्डले पत्रकार र प्रहरीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुने भन्दै सहयोग गरेकोमा समितिलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै स्वास्थ्य कार्यालय रामेछापकी स्वास्थ्य प्रमुख विद्या खनालले आगामी दिनहरुमा पनि यस्ता सहयोेगी कार्यहरुलार्र्ई थप अघि बढाउँदै जान सुझाव दिनु भएको छ । यस महामारीको घडीमा स्वास्थ्यकर्मीहरु नै उच्च जोखिममा हुने उल्लेख गर्दै उहाँले आगामी दिनमा उनीहरुको बारेमा समेत सोचेर सहयोगी हातहरु अघि बढाउनुपर्ने सुझाव दिनुभयो । यसैगरी, यस महामारीको विषम परिस्थितिमा हामी पनि तपाइँहरुकै साथमा छौँँ, तपाइँहरु मात्रै हुनुहुन्न भनेर कोरोना संक्रमित व्यक्तिहरुलाई एक्लोपनको अनुभूत नहोस् भनेर थोरै भएपनि सहयोग लिएर उनीहरुबीच आफूहरु पुगेको सहयोग नेपाल संस्थाकी अध्यक्ष निर्मला नेपालीले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संंघ नेपाल, बागमती प्रदेशका प्रदेश सदस्य गम्भीर विश्वकर्माको पनि सहभागिता रहेको थियो । सहयोग नेपाल संस्थाकोे आर्थिक सहयोग तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापको समन्वयमामा उक्त स्वास्थय सामाग्री हस्तान्तरण गरिएको थियो ।