ताजा समाचार


रामेछापमा १४ सय ८ जनाको पिसिआर परिक्षण : ७९ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    २ आश्विन २०७७, शुक्रबार १७:४२     321 जनाले पढ़िसके


रामेछाप । रामेछापमा शुक्रबाप ७९ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाइएको हो । शुक्रबार मन्थली नगरपालिकामा ५२ जना र गोकुलगंगा गाउँपालिकाका २७ जनाको गरि ७९ जनाको स्वाब संकलन गरिएको हो ।
यो संगै रामेछापमा १४ सय ८ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार बिभिन्न कोरोना प्रभाबित स्थानबाट आएका र जिल्लामै रहि फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मि, पत्रकार र सुरक्षाकर्मिको कोरोना परिक्षण गरिएको हो । शुक्रबार सम्म गरिएको परिक्षणमा ५५ जनाको रिर्पोट पोजेटिभ , १२ सय ७४ जनाको नेकेटिभ र ७९ जनाको रिर्पोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाकारी दिएको हो ।
जिल्ला अस्पताल रामेछापमा २ जना, तमाकोसि अस्पतालमा ६१ जना, मन्थली नगरपालिकामा ४ सय ५५ जना , रामेछाप नगरपालिकामा १ सय ५१ जना, उमाकुण्ड गाउँपालिकामा १ सय ३४ जना, खाडादेबि गाउँपालिकामा ६५ जना, गोकुलगंगा गाउँपालिकामा २ सय २८ जना, दोरम्बा गाउँपालिकामा ४० जना , लिखुतामाकोसि गाउँपालिकामा १ सय ३१ जना र सुनपाति गाउँपालिकामा ६१ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको छ ।