ताजा समाचार


शुक्रबारबाट काठमान्डौँ – मन्थली बिजुली बस सन्चालनमा

 नेपाल बाहक    २ आश्विन २०७७, शुक्रबार १८:१९     1505 जनाले पढ़िसके

रामेछाप । शुक्रबारबाट रामेछाप काठमाडौं बिजुली बस सन्चालनमा आएको छ । शुक्रबार काठमन्डौँको कोटेश्वरबाट रामेछापको लागि दुईवटा बिजुलि बस रामेछापको लागि छुटेका थिए ।
श्री भवलक्ष्मी इन्भेष्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्मका लागि सुरु गरेको सेवाको बिहान पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरबाट शुभारम्भ गर्नुभएको थियो । कोटेश्वरबाट बिहान हिँडेका दुईवटा मिनी बस मन्थली आएका छन् ।
विद्युतीय बस आएपछि मन्थलीमा बस हेर्ने मानिसको भिड नै लागेको थियो । कुल २० सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट नेपाल भित्र्याईएको हो ।
बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर १ सय १० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिसनर, मोवाइल चार्जर, एयरब्यागका साथै फोल्डिङ सिट छन् । गाडीको अधिकतम गति १ सय १० किलोमिटर प्रतिघण्टा रहेको छ ।