रामेछाप । रामेछापका थप एक पुरुष कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापका अनुसार लिख्ुतामकोसि गाउँपालिका ६ का ३९ बर्ष पुरुषमा कोरोना संक्रमण भएको हो । संक्रमितको सहित ५२ जनाको स्वाब असोज १ गते संकलन गरि परिक्षणको लागि धुलेखेल अस्पताल पठाइएको थियो । जसमा १ जनाको पोजेटिभ र ५१ जनाको रिर्पोट नेकेटिभ आएको थियो । यो संगै रामेछाप जिल्लामा कोरोना सक्रमितको संख्या ५६ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल सम्म मन्थली नगरपालिकाका २७ जना, रामेछाप नगरपालिकाका ४ जना, गोकुलगंगा गाउँपालिकाका ११ जना, दोरम्बा गाउँपालिकाका १ जना, लिखुतामाकोसि गाउँपालिकाका १० जना र सुनपाति गाउँपालिकाका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने खाडादेबि गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा हाल सम्म कुनै संक्रमित नभेटिएको स्वास्थय कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएका छ । त्यस्तै रामेछाप स्थायि घर भइ हाल जिल्ला बहिर बस्ने ७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।