रामेछाप । रामेछापका ४३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार बिभिन्न समयमा कोरोना संक्रमण भएका ४३ जना निको भएका हुन । हाल रामेछापका बिभिन्न आइसोलेसनमा १३ जना सक्रिय कोरोना संक्रमित रहेको छन् । हाल होम आइसोलेसनमा ३ जना, २ जना रामेछाप प्रहरीको हिरासतको आइसोलेसन, ६ जना मन्थली प्रथामिक स्बास्थ्य चौकिको आइसोलेसन र २ जना रामेछाप अस्पतालको आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । रामेछाप जिल्लामा हाल सम्मा ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल सम्म मन्थली नगरपालिकाका २७ जना, रामेछाप नगरपालिकाका ४ जना, गोकुलगंगा गाउँपालिकाका ११ जना, दोरम्बा गाउँपालिकाका १ जना, लिखुतामाकोसि गाउँपालिकाका १० जना र सुनपाति गाउँपालिकाका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने खाडादेबि गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा हाल सम्म कुनै संक्रमित नभेटिएको स्वास्थय कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएका छ । त्यस्तै रामेछाप स्थायि घर भइ हाल जिल्ला बहिर बस्ने ७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।