ताजा समाचार


गोकुलगंगा गाउँपालिकामा एक महिला सहित ८ जनामा कोरान संक्रमण

 नेपाल बाहक    ५ आश्विन २०७७, सोमबार १४:२९     573 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिकामा एक महिला सहित ८ जनामा कोरान संक्रमण गाउँपालिकाका एक महिला र ७ जना पुरुषमा कोरोना संक्रमण भएको हो । स्वास्थय कार्यलय रामेछापका अनुसार सोमबार गोकुलगंगा गाउँपालिका वडा न ६ का २२ बषका पुरुष , गाकुलगगा गाउँपालिका ४ कि एक महिला र सोहि वडाका ३६,५५,४८,४४ र ५५ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमितहरुको स्वाब असोज २ गते संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो । उनिहरुको संगै जम्मा २७ जनाको स्वाब परिषणको लागि पठाइएकोमा ८ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
आज थप भएका संगै रामेछापमा कोरोना संक्रमितको संख्या ६४ जना पुगेको छ भने रामेछाप स्थायि घर भएका हाल जिल्ला बाहिर बसोबास गर्ने ७७ कोरोना संक्रमण भएको छ ।