ताजा समाचार


रामेछापमा १४ सय ८ जनाको स्वाब संकलन : १५ जना कोरोना संक्रमित आइसोलेसनमा

 नेपाल बाहक    ७ आश्विन २०७७, बुधबार १४:०५     477 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा १४ सय ८ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा १३ सय ४४ जनाको रिर्पोट नेकेटिभ आएको छ । ६४ जनाको रिर्पोट नेकेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाकारी गराइएको छ । बिभिन्न कोरोना प्रभाबित स्थानबाट आएका र जिल्लामै रहि फ्रन्टलाईमा बसेर काम गर्नेहरुको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको हो ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा १ सय ३४ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण गरिएको हो ।
हाल सम्म मन्थली नगरपालिकाका २७ जना, रामेछाप नगरपालिकाका ४ जना, गोकुलगंगा गाउँपालिकाका १९ जना, दोरम्बाका १ जना, लिखुतामाकोसिका ११ जना र सुनपातिका २ जना गरी ६४ जनामा कोरोना संक्रमण भएको थियो । जस मध्ये ४९ जना संक्रमित निकोभएर फर्किएका छन् । अव रामेछाप जिल्लामा संक्रिय संक्रमितको संख्या १५ रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।