ताजा समाचार


जारी मनसुन शनिबार सम्म रहने मौसमविद्को भनाई

 नेपाल बाहक    ७ आश्विन २०७७, बुधबार १४:२८     354 जनाले पढ़िसके

काठमान्डौँ । जारी मनसु्न मेहि दिन रहेने मौसमबिद्ले जनाएका छन् । जारी मनसुन आउदोँ सनिबार सम्म रहेने मौसमविद् शान्ति कँडेलले जनाकारी दिनु भयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आउँदो शनिबारसम्म देशभर पानी पर्ने पनि उहाँले बताउनुभयो । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र त्यो क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो ।
जेठ ३० गतेदेखि बुधबार बिहानसम्म पहिरोमा तीन सय ७२ जना, बाढीमा ३७ जना र चट्याङ लागेर ३५ जनाको ज्यान गएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै बाढी, पहिरोमा परेर एक सय जनाभन्दा धेरै हराइरहेका छन् ।