बर्दिया । बर्दियामा कोरोना भाइरसको संक्रमणबाट एक जना पुरुषकको ज्यान गएको छ । बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष सूर्यबहादुर थारुको कोरोना संक्रमण बाट ज्यान गएको हो ।
नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार थप पाँच जनाको ज्यान गएको छ । बुधबार ललितपुर र बाँकेमा दुईरदुई जना र मोरङमा एक जना सङ्क्रमितको ज्यान गएको हो ।