रामेछाप । धुलिखेल आसपासमा अष्टिकलफाइवर ब्रेक हुदाँ रामेछाप लगाएत पाचँ जिल्लामा नेपाल टेलिकमको सेवा अबरुद्ध भएको छ । बिहिबार बिहान देखि धुलिखेल, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखामा नेपाल टेलिकमको सेवामा आंसिक अबरुद्ध भएको नेपाल टेलिकम रामेछापका कार्यलय प्रमुख बिष्णु भण्डारीले जनाकारी दिनु भयो ।
प्रमुख भण्डारीका अनुसार काठमान्डौँ र बनेपाको प्रबिधिक टोलि अष्टिकलफाइवर ब्रेक भएको ठाउँमा पुगिसकेको छ । धुलिखेल आसपासममा पहिरोको कारण करिब २०० मिटर अष्टिकलफाइबरको तार परिर्वतन गर्नु पर्ने भएकाले समस्याको सबधान आज नहुने भण्डारीले जनाकारी दिनु भयो ।
बिहिबार बिहान देखि जिल्ला भरनै नेपाल टेलिकमको ल्याडलाइन र मोवाइलमा फोन गर्दा कुरा नबुझिने , फोन नलाग्ने र बेला बेलामा नेकवर्क जाने समस्या देखिएको छ । पछिल्लो समयमा रामेछापमा नेपाल टेलिकमले प्रदान गरेको टेलिफोन, मोवाइल तथा इन्टरनेटमा बारम्बार समस्या देखिन लागेको छ । यसको प्रत्यक्ष मारमा जिल्लाका बिभिन्न कार्यलय र सन्चार माध्यम समेत परेका छन् ।