ताजा समाचार


एक विद्यालय एक नर्स कार्यक्रमका लागि रामेछापका १६ विद्यालय छनोट

 नेपाल बाहक    ८ आश्विन २०७७, बिहीबार १७:५७     618 जनाले पढ़िसके


रामेछाप । बाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रममा रामेछापका १६ विद्यालय छनोट गरेको छ । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनोट गरेको हो ।
एक विद्यालय एक नर्स कार्यक्रमका लागि रामेछापको मन्थली नगरपालिकाको नीलकण्ठेश्वर मावि कठजोर र सैतीदेवी मावि सालुमा, रामेछाप नगरपालिकाको हिमंगा मावि साँघुटार र गौरीशंकर मावि रामेछाप, उमाकुण्ड गाउँपालिकाको सिद्देश्वर मावि बाम्ती र कैलेश्वर माविक गुप्तेश्वर, गोकुलगंगा गाउँपालिको शारदा मावि ठोसे र कमलादेवी मावि नामाडी, लिखु तामाकोसी गाउँपालिकाको सहिद स्मृति मावि सैपु र नवदर्शन मावि तिल्पुङलाई छनोट गरेको छ ।

त्यस्तै खाँडादेवी गाउँपालिकाको प्रगतिशिल मावि भिरपानी र माध्यामिक विद्यालय राकाथुम, दोरम्बा गाउँपालिकाको काकलिङ उच्च मावि दोरम्बा र कण्ठेश्वर उच्च मावि टोकरपुर, सुनापती गाउँपालिकाको बाल मावि भिरकोट र डहु मावि डहु बेथान छनोट भएका हुन् ।