ताजा समाचार


रामेछापका नागरिक संस्था आन्तरिक सुशासनका मापदण्ड पूरा गर्न प्रतिवद्ध

 नेपाल बाहक    ९ आश्विन २०७७, शुक्रबार १८:५१     399 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाका नागरिक संस्था आन्तरिक सुशासन र स्वनियमनका न्युनतम मापदण्ड पालना गर्न प्रतिवद्ध भएका छन् । जिल्लामा शुक्रबार आयोजना गरिएको छलफलमा सो प्रतिवद्धता जनाइएको हो ।
हुराडेक नेपालको नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनासँगको सहकार्यमा मानवअधिकार संरक्षण सञ्जाल रामेछापले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै गैरसकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठले यस विषयमा महासंघले हरेक वर्ष जिल्लाका संस्थाहरुसँग छलफल गर्ने गरेको बताउनुभयो ।
जिल्लामा १ हजार २ सय भन्दाबढी सामाजिक संस्था दर्तामा रहेका भए पनि क्रियाशील संस्थाको संख्या न्युन भएकोले मापदण्डको कार्यान्वयनमा कठिनाइ भएको उहाँले बताउनुभयो । जिल्लाका क्रियाशील संस्थाले भने मापदण्डको पालना गर्ने प्रयत्न गरिरहेका उहाँले बताउनुभयो ।
सहभागिले मापदण्डको पालनाले गैससको छवी सुधार हुने भएकोले यसको पालना गर्ने गराउने कुरामा नागरिक समाज लाग्नु पर्ने बताउनुभयो । सञ्जालका संयोजक पाण्डव प्रसाईँको अध्यक्षतमा भएको कार्यक्रममा जिल्लामा कोरोनाले पारेको प्रभावको बारेमा पनि समिक्षा गरिएको थियो ।
जिल्लमा कोरोना नियन्त्रण र उपचारको लागि अझै पनि उचित व्यवस्थापन नभएको भन्दै नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ । त्यस्तै ग्रामिण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको लागि आवश्यक सामाग्रीको उचित प्रवन्ध नहुँदा उनीहरुलाई काम गर्न समस्या भएको भन्दै त्यसमा समेत नागरिक समाजले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
कार्यक्रममा नागरिक संस्थाका प्रमुख एवं प्रतिनिधि, अधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।