रामेछाप । रामेछापका थप पाचँ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । असोज ८ गते जिल्लामै स्वास्व संकलन गरी पठाइएका मध्ये पाचँ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा उमाकुड गाउँपालिका वडा नं ५ का ११ वर्षका बालक ३० वार्षकी महिला, मन्थली नगरपालिका वडा नं १ की २७ वर्षकी महिला र रामेछाप नगरपालिका वडा नं ८ का २२ वर्षका पुरुष कैदी र ३८ वर्षका पुरुष छन् ।
यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या ७९ जना पुगेको छ भने रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बासोबास गर्ने महिला २१ जना र ५७ जना पुरुष गरि ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।