ताजा समाचार


वाताबरण मैत्री बन्न जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काको आग्रह

 नेपाल बाहक    ११ आश्विन २०७७, आईतवार १६:४०     682 जनाले पढ़िसके

रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख पे्रम बहादुर खड्काले वतावरण मैत्री बन्न आग्रह गनु भएको छ । वतावरण संरक्षण परियोजा रामेछापले सन्चालन गरेका वतावरण संरक्षणमा आधारीत पत्रकारीता तालिममा उहाँले यस्तो आग्रह गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख खड्का आफ्नो घर वरिपरी माटो सुहाउदोँ बोट बिरुवा रोप्न समेत आग्रह गनु भएको थियो ।
वतावरण संरक्षण परियोजना रामेछापले रामेछापका पत्रकारका लागि आइतबारबाट वतावरणमा आधरित दुई दिने पत्रकारीता तालिम सन्चालन गरेको छ । सामुदायिक बिकास समाज मन्थली , सामुदायिक जनशक्ति बिकास कार्यक्रम गोल्मटार रामेछाप र श्रृजनशिल युवा समाज चिसापानिको सहयोगमा तालिम सन्चालन भएको हो ।
असोज १२ गते सम्म सन्चालन हुने तालिमको अध्यक्षता सामुदायिक बिकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन घिसिङले गरिरहनु भएको छ भने जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख खड्काकाले ब्यानर पढेर तालिमको उद्घाटन गर्नु भएको थियो ।