रामेछाप । रामेछाप जिल्लामा कोरोना रोकथामको लागि ३ करोड ६८ लाख रुपैयाँ भन्दा धेरै रकम खर्च भएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण रोक्न तथा नियन्त्रण गर्दा सो रकम खर्च भएको सम्बन्धीत पालिकाले प्रमुखले जनाएका छन् । उक्त रकम आइसोलेसन निमार्ण,क्वारेन्टिनको निमार्ण , आइसोलेसनमा बस्ने हरुको खाजा तथा खाना, यातयात तथा सुरक्षका सामाग्रि खरिद गर्न सो रकम खर्च भएका हो ।
सम्बन्धीत पालिकाले दिएको जनाकारी अनुसार रामेछाप नगरपालिकाले ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ, मन्थली नगरपालिकाले ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ , खाडादेबि गाउँपालिकाले ७५ लाख ४ हजार ४ सय ४४ रुपैयाँ, गोकुलगंगा गाउँपालिकाले २० लाख ६२ हजार ८ सय २२ रुपैयाँ , दोरम्बा गाउँपालिकाले १५ लाख रुपैयाँ , लिखुतामाकोशी गाउँपालिकाले २७ लाख रुपौयाँ, उमाकुण्ड गाउँपालिका ६७ लाख ३५ हजार ९ सय ८४ रुपैयाँ र सुनपाति गाउँपालिकाले २७ लाख ६३ हजार ८ सय २३ रुपैयाँ खर्च गरेका छन् ।