ताजा समाचार


रामेछापमा बुधवार थप २१ जनाको स्वाब संकलन

 नेपाल बाहक    १४ आश्विन २०७७, बुधबार १५:३९     318 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बुधबार थप २१ जनाको स्वाब संकलन गरिएको छ । फ्रन्टलाईनमा बसेर काम गर्ने र कोरोना प्रभाबित स्थानबाट आएकाहरुको कोरोना परिक्षणको लागि स्वाब संकलन गरीएको हो । रामेछाप नगरपालिकाका १६ र मन्थली नगरपालिकाका ५ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाले जानकारी दिनु भयो । थापाका अनुसार रामेछापमा हाल सम्म १५ जनाको स्वाब संकलन गरी पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जस मध्ये न सय १० जनाको रिर्पोट नेकेटिभ आएको छ भने ६९ जनाको रिर्पोट पोजेटिभ आएको छ । बुधबार संकलन गरिएका २१ जनाको रिर्पोट भने केहि दिन भित्र आउने छ ।
बुधबार सम्म रामेछाप जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ४९२ , रामेछाप नगरपालिकामा १७९ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २२८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ५०० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।