रामेछाप । बिहिबार रामेछापका थप पाचँ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापका अनुसार बिहिबार संक्रमण हुने मन्थली नगरपालिका वडा नम्बर २ का ५० वर्षका पुरुष , लिखु तामाकोसी गाउँपालिका ७ का वर्ष २६ र ३० का पुरुष , वर्ष २७ का महिला र गोकुलगंगा गाउँपालिका ६ का २७ वर्षका पुरुषमा रहेका छन् ।
उनिहरुको स्वाब संकलन गरि असोज १२ गते परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो । बिहिबार थप भएका सहित रामेछापमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।