ताजा समाचार


रामेछाप एक हजार ५ सय १६ जनाको स्वाब संकलन : १६ जनाको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १५ आश्विन २०७७, बिहीबार १६:१८     389 जनाले पढ़िसके

रामेछाप । बिहिबार रामेछापमा थप १६ जनाको स्वाब संकललन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । बिहिबार संकलन गरिएको सहित रामेछापमा १५ सय १६ जनाको स्वाब संकलन गरि पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरि जनाकारी दिएको छ । हाल सम्म गरेको परिक्षणमा ७४ जनाको रिर्पोट पोजेटिभ आएको छ भने १४ सय १० जनाको रिर्पोट नेकेटिभ र बिहिबार संकलन गरेका १६ जनाको रिर्पोट आउन बकि रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

रामेछापमा हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा पाँचसय ६ , रामेछाप नगरपालिकामा १८१ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २२८ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको छ ।