ताजा समाचार


रामेछापमा थप २५ जनाको स्वाब संकलन : ४१ जनाको पिसिआर रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    १६ आश्विन २०७७, शुक्रबार १४:४०     363 जनाले पढ़िसके

रामेछाप । रामेछापमा शुक्रबार थप २५ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । शुक्रबार गोकुलगंगा गाउँपालिकाका २५ जनाको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यलय रामेछाप प्रेस बिज्ञप्ति जारी गरी जानकारी दिएको छ । यो संगै रामेछाप जिल्लामा १५ सय ४१ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको छ । जस मध्ये १४ सय २६ जनाको रिर्पोट नेकेटिभ आएको छ भने ७४ जनाको रिर्पोट पोजेटिभ आएको छ । त्यस्तै बिहिबार र शुक्रबार स्वाब संकलन गरिएको ४१ जनाको रिर्पोट भने आउन बाकिँ रहेको छ ।
हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५०६ , रामेछाप नगरपालिकामा १८१ , उमाकुण्ड गाउँपालिकामा १६१ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको छ ।
त्यस्तै रामेछाप जिल्लामा हाल १९ जना कोरोना संक्रमित आइसोलेसनमा छन भने ४४ जना क्वारेन्टिनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।