रामेछाप । रामेछापमा असोज १६ गते देखि रातको ८ बजे सम्म ब्यबसाय सन्चालन गर्ने अनुमति दिएको छ । शुक्रबार जिल्ला प्रशासनक कार्यलय रामेछापमा बसेको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्र रामेछापको बैठकले सो नियर्ण गरेको रामेछाप प्रशासनले एक सुचना जारी गरि जनाकारी गराएको छ । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रादेबि शर्माको अध्यक्षतामा बसेको बैठले स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पुरा गरेर खाद्य बस्तु, दुध, तरकारी,फलफुल , माछामासु, स्टेशनरी, इलेक्टोनिक्स तथा अन्य पसल बिहान ५ देखि बेलुका ८ बजे सम्म सन्चालन गर्ने निणय गरेको हो ।