ताजा समाचार


रामेछाप नगरपालिकाका एक वडा अध्यक्ष सहित थप ३ जनाको कोरोना संक्रमण

 नेपाल बाहक    १८ आश्विन २०७७, आईतवार १५:३२     811 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आइतबार रामेछापमा एक महिला र २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कायृलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाले जनाकारी दिनु भयो । आइतबार रामेछाप नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ६१ बर्षका धन बहादुर खड्का, रामेछाप नगरपालिका वडा न. कि ४२ बर्षकि महिला र मन्थली नगरपालिका वडा ४ कि २३ बर्षको पुरुषमामा कोरोना संक्रमणको पुष्टि भएको हो । उनिहरुको स्वाब गत असोज १५ गते संकलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।
हाल सम्म रामेछाप जिल्लामा ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ५७ जना कोरोना मुक्त भएका स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । आइतबार थप भएका ३ जना सहित रामेछापमा संक्रिय संक्रमितको संख्या २० जना रहको स्वास्थ्य कार्यलय रामेछापले बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ । त्यस्तै रामेछाप स्थायि घर भई हाल जिल्ला बाहिर बसेर बिभिन्न पेशा ब्यवसाय गर्ने २२ जना महिला र ७० जना पुरुष गरी ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।