काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ५३ जनामा े कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।