रामेछाप । रामेछापको रामेछाप नगरपालिकाको कार्यलय र रामेछाप नगरपालिका वडा न. ६ को वडा कार्यलय बन्द गरिएको छ ।
आइतबार रामेछाप नगरपालिका वडा. ६ का वडा अध्यक्ष धन बहादुर खड्का र रामेछाप नगरपालिकाको कार्यलयमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भए पछि केहि दिनको लागि कार्यलय बन्द गर्ने निर्णय गरीएको हो । रामेछाप नगरपालिकाले एक सुचना निकालेर असोज २३ गते सम्म नगरपालिका र वडा कार्यलयबाट प्रदान गर्ने सेवा बन्द गरिएको जनाकारी गराइएको छ ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गर्नु भएको सुचनामा अत्याआवश्यक बाहेका सबै सेवा ५ दिनको लागि बन्द गरिएको जानकारी दिइएको छ ।