ताजा समाचार


थप २ हजार ५९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १ लाख नाध्यो

 नेपाल बाहक    २० आश्विन २०७७, मंगलवार १७:५४     506 जनाले पढ़िसके

काठमान्डौँ । शुक्रबार नेपालमा २ हजार ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार थप भएका संगै संक्रमितको संगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।