ताजा समाचार


रामेछापमा एक सय ४४ जनाको पिसिआर परिक्षणको रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    २१ आश्विन २०७७, बुधबार १६:५०     438 जनाले पढ़िसके


रामेछाप । रामेछाप जिल्लामा हाल सम्म १६ सय ८५ जनाको स्वाब संकलन गरी पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । हाल सम्म गरीएको परिक्षणमा एक सय ४४ जनाको रिर्पोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । कोरोना प्रभाबित स्थान र जिल्लामै रहि फ्रन्टलाइमा बसेर काम गर्नेको १६ सय ८५ जानको स्वाब संकलन गरि पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा १४ सय ६० जनाको रिर्पोट नेकेटिभ आएको छ भने ८१ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापल जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
हालसम्म जिल्ला अस्पतालमा ९५ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५३३ , रामेछाप नगरपालिकामा १८९ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ९३, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ६९, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार ६८५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।