ताजा समाचार


रामेछापमा थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या एक सय १ जना पुग्यो

 नेपाल बाहक    २२ आश्विन २०७७, बिहीबार १६:२०     509 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बिहिबार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार जिल्ला अस्पतालका ७ जना, रामेछाप नगरपालिका ६ जना र मन्थली नगरपालिका ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै रामेछाप जिल्लमा एक सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्बास्थ कार्यलय रामेछापका जनस्बास्थ्य निरिक्षक भुबन थापाका अनुसार संक्रमण हुनेमा जिल्ला अस्पतालबाट स्वाब संकलन गरिएका २७,५०,२५ , ४२ वर्षका पुरुष र २४,२९ र ३४ वर्षकी महिला छन् । मन्थली नगरपालिका वडा नं १ का २१,२६,४०,४७,६५ वर्षका पुरुष र वडा नं २ का १९ र ३२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ भने रामेछाप नगरपालिका वडा नं ६ की ५६ , वडा नं ८ की २२ र ७४ वर्षकी महिला र रामेछाप नगरपालिका वडा नं ८ का २०,२१र २३ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमित मध्ये ७२ जना निको भएको जनस्वास्थ्य निरिक्षक थापाले जनाकारी दिनु भयो ।