रामेछाप । रामेछाप जिल्लामा शुक्रबार थप एक सय ९ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएको स्वाब कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । रामेछापको रामेछाप नगरपालिकाका ७९ जना र सुनपाति गाउँपालिकाका ३० जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको हो । स्वास्थ्य कार्यलय रामेछापले एक बिज्ञप्ति जारी गदैँ शुक्रबार स्वाब संकलन गरिएका सहित रामेछापमा एक सय ६६ जनाको पिसिआर परिक्षणको रिपोट आउन बाकिँ रहेको जनाएको छ ।
शुक्रबार संकलन गरिएको सहित रामेछापमा १७ सय ९४ जनाको स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा एक सय एक जनाको रिर्पोट पोजेटिभ आएको छ । भने १५ सय २७ जनाको रिर्पोट नेकेटिभ आएको छ ।
हालसम्म जिल्ला अस्पतालमा ९५ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ५३५ , रामेछाप नगरपालिकामा २६८ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ९३, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ६९, लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ९१ जना गरि १७ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
स्बास्थ कार्यलय रामेछापका अनुसार संक्रमित मध्ये ६४ जना निको भइसकेका छन् भने ३७ जना उपचारत रहेको छन् । जिल्ला अस्पताल रामेछापमा ७ जना, मन्थली नगरपालिका ३५ जना, रामेछाप नगरपालिका १४ जना, उमाकुण्ड गाउँपालिका २ जना, दोरम्बा गाउँपालिका १ जना, लिखुतामाकोसि गाउँपालिका १६ जना र सुनपाति गाउँपालिका २ जना कोरोना संक्रमणको पुष्टि भएको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।