ताजा समाचार


कोरोना संक्रमित वडाअध्यक्षको वाचा “कोरोनालाई चाडै परास्त गरेरे फकिन्छु”

 नेपाल बाहक    २३ आश्विन २०७७, शुक्रबार १८:३३     485 जनाले पढ़िसके

रामेछाप । कोरोना संक्रमणको पुष्टि भए पछि यति बेला रामेछाप नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धन बहादुर खड्का होम अइसोलेसनमा बस्नु भएको छ । कोरोना संक्रमणको बेला पनि सक्रिय रुपमा जनातको काम गर्दा गदै खड्कालाई असोज १८ गते कोरोना पोजेटिभ देखिएको थियोे । खड्काले असोज १५ गते पिसिआर परिक्षणको लागि स्वाब दिनु भएको थियो ।
वडाअध्यक्ष खड्काले आफ्नो फेसबुकमा एक सन्देश लेख्दै आफ्नो स्बास्थ अवस्था समान्य रहेको जनाकारी दिनु भएको छ । सन्देशमा कोरोनालाई चाडै परास्त गरेर पुनः काममा फर्कने बाचा गदैँ आफ्नो स्वास्थ्य प्रति चासो राख्ने सबैलाई धन्यबात दिनु भएको छ ।
उहाँ मात्र हैन रामेछाप जिल्लामा फ्रन्डलाईनमा बसेर काम गर्ने अन्यलाई पनि कोरोना संक्रमण भएको थियो । रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य साखा प्रमुख केशवराज फुयाल, तामाकोसि अस्पताल मन्थलीमा कार्यरत स्वास्थ्य कर्मि लक्ष्मि थापा र रामेछाप नगरपालिको रामपुर स्वास्थ्य चौकिमा कार्यरत एक जना स्वास्था कर्मिमा पनि कोरोना पोजेटिभ भएको थियो । अहिले उहाँहरु पुर्ण निकोभइ काममा फर्कनु भइसकेको छ ।