रामेछाप । रामेछाप जिल्लामा थप एक जना ३२ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाका अनुसार दोरम्बा गाउँपालिकाको एक बिद्यालयमा अध्यपन गराउने एक जना शिक्षकमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनि महोत्तरीको जलेश्वरको स्थायि बासिन्दा रहेको थापाले जनाकारी दिनु भयो ।
संक्रमित शिक्षक सहित २९ स्वाब असोज २१ गते संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएकोमा एक जनाको मात्रा पोजेटिभ आएको जनस्वास्थ्य निरिक्षक थापाले जनाकारी दिनु भयो । उनलाइृ अहिले दोरम्बा अस्पतालमा पठाइएको छ ।
त्यस्तै खाडादेबि गाउँपालिकामा कार्यरत एक जना २५ बर्षका कर्मचारीमा समेत शनिबार कोरोना संक्रमणको पुष्टि भएको छ । उनको पनि गत असोज २१ गते स्वाब संकलन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो । उनि संगै पठाएका अन्य २७ जनाको रिर्पोट भने नेकेटिभ आएको छ । उनको स्थायि ठेगाना खाडादेबि गाउँपलिका ७ रहेको स्वास्थय कार्यलय रामेछापले जनाएको छ । शनिबार थप भएका दुई जना सहित रामेछापमा कोरोना संक्रमितको संख्या एक सय ३ जना पुगेको छ ।