रामेछाप । रामेछापको खाडादेबि गाउँपालिका शिल गरिएको छ । शनिबार कार्यलयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भए पछि कार्यलय शिल गरिएको हो । खाडादेबि गाउँपालिका वडा न ७ स्थायि घर भएका एक कर्मचारीमा कोरोना संक्रमण भए पछि कार्यलय लगाए वरपरको क्षेत्र समेत सिल गरिएको जनाइएको छ ।
गत असोज २१ गते खाडादेबि गाउँपलिकाका २८ जनाको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो । अन्य २७ जनाको रिपोट भने नेकेटिभ आएको स्वास्थ्य कायृलय रामेछापका जनस्वास्थ निरिक्षक भुबन थापाले जनाकारी दिनु भयो ।